सामान्यतया आई.भी. सेट (इनफ्युजन सेट) निर्माताहरूले बलियो, तन्किने किसिमको, पारदर्शी, सजिलै सिल गर्न सकिने, राम्रो प्रतिरोधात्मक क्षमतायुक्त र तुलनात्मक रूपमा कम मूल्यमा बजारमा उपलब्ध गराउन सकिने इन्फ्यूजन सेटहरू उत्पादन गर्न पी.भी.सी. को प्रयोग गर्छन्। पी.भी.सी. अथवा डी.ई.एच.पी. जुनसुकै तरिका र माध्यमबाट बनेको भएपनि त्यस्ता इन्फ्यूजन सेटहरुले औषधिको मात्रालाई रोगीको शारिरिक प्रणालीमा प्रवेश गराउनका लागि काम गर्दछ तर औषधी शरिरमा पठाउने त्यसको मात्रा भने कम हुन जान्छ, किनकी पी.भी.सी. र डी.ई.एच.पी. जस्ता तत्वहरुलाई औषधी बिज्ञानमा अवशोषण (शोषण गर्ने गूण युक्त) माध्यमको रूपमा चिनिन्छ।
इन्फ्यूजन सेटका केही निर्माताहरूले तयार गर्ने यस्ता आई.भी. सेटहरुलाई अझै लचकदार बनाउनका लागि पी.भी.सी.आधारित इन्फ्यूजन उपकरणहरूमा बिस (एक्स.एन.यू.एम.एक्स-एथिलहेक्सिल) फाथलेट (डी.ई.एच.पी.) जस्ता तत्वहरु (केमिकलहरु ) थप गर्ने गर्दछन । यद्धपी डी.ई.एच.पी र पी.भी.सी.बीच अपेक्षित रासायनिक बन्धन भने हुँदैन।जसका कारण, डी.ई.एच.पी. अणुहरू सजिलैसँग इन्फ्यूजन सेट सामग्रीबाट आफूलाई अलग गर्दछ र इन्फ्यूजनको तरल पदार्थ सँगै बिरामीको शरिर भित्र प्रवेश गर्दछ।
डी.एच.पी.को नियमित प्रयोगले शिशुको प्रजनन प्रणालीलाई नै क्षति पुर्याउन सक्ने जस्ता र मानव स्वास्थ्यमा विषाक्त प्रभावहरु पार्न सक्ने यस अघिका धेरै जस्तो अध्ययनहरुले प्रष्ट पारिसकेका छन् । पी.भी.सी. को नियमित प्रयोगले मानव स्वास्थ्यमा धेरै प्रतिकूल प्रभावहरू निम्त्याउने भएपनि अविकसित र कम विकसित राष्ट्रहरुका सस्ता बजारहरुलाई लक्षित गरी उत्पादकहरुले यस्ता किसिमका रशायनयुक्त आई.भि. सेटहरुको उत्पादनलाई निरन्तरता दिएका छन् । जसमा प्रयोग हुने गरेका थप प्लास्टिसाइज़रहरूले मानव स्वास्थ्यलाई झनै खराब बनाउँदछन र अनेपेक्षित घातक असरको सामना गर्नु पर्ने पनि हुन सक्छ ।
आई.भी. सेटमा समावेश हुने यस्ता रशायनहरुले मानव स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभावहरू यस प्रकारका रहेका छन्:
डी.ई.एच.पी.-रहित (DEHP Free) इन्फ्यूजन सेट के हो त?
डी.ई.एच.पी. युक्त आई.भी. सेटका माध्यमबाट औषधी सँगै बिरामीका शरिरमा हानिकारक तत्व र रशायन न पुगुन र यसले भविष्यमा बिरामीहरुमा थप जटिलता नदेखियोस भन्ने कुरामा सचेत रहँदै केही उत्पादकहरुले डी.ई.एचपी.-रहित इन्फ्यूजन सेट उत्पादन गर्दै आएका छन् । साधारण आई.भी. सेटहरु खरिद गर्ने र प्रयोग गर्ने बिरामीहरुलाई तत्काल यसको सस्तो मूल्यले आकर्षित गरे पनि अन्ततः नसोचेका स्वास्थ्य जटिलताहरुको सामना गर्नु पर्ने हुन सक्दछ । त्यसैले पनि खरिद मूल्यमा केहि अङ्कको फरक देखिएता पनि डी.ई.एच.पी.बाट मुक्त ड्रिप च्याम्बर र टयूबिंग सहितको सम्पूर्ण इन्फ्यूजन लाइन (आई.भी. सेट) नै प्रयोगलाई बिश्व स्वास्थ्य संगठनले पनि सुझाव दिएको छ ।
केमोथेरापीमा प्रयोग हुने ट्याक्सोल र ट्याक्सोटेर जस्ता दुई किसिमका औषधीहरुले आई. भी .सेटमा हुने रशायनहरुलाई अलग गर्ने भएको हुँदा औषधी सँगै त्यस्ता घातक तत्वहरु बिरामीको शरीरमा सजिलै प्रवेश गर्दछ । जसका कारण पनि विशेष गरी क्यन्सरका बिरामीहरु र आई.भी. स्लाइनको माध्यमबाट शरिर भित्र औषधी दिनु पर्ने हरेक बिरामीको लागि प्रयोग हुने आई.भी. सेट डी.ई.एच.पी. रहित हुनै पर्दछ ।
कसरी छुट्याउन सकिन्छ डी.ई.एच.पी. भएको र डी.ई.एच.पी. मुक्त (DEHP-free/ Non DEHP) कसरी चिन्न सकिन्छ ?
सस्तो मूल्यमा खरिद गरेर अत्यधिक नाफा गर्न सकिने प्रलोभनमा औषधी पसलेको र डी.ई.एच.पी. युक्त भएको आई.भी. सेटले निम्त्याउन सक्ने घातक स्वास्थ्य जटिलताका बारेमा पर्याप्त जानकारी नराख्ने बिरामी र बिरामीका आफन्तको कारणले हरेक बोतल औषधी सँगै बिरामीको शरिरमा घातक रशायनहरु प्रवेश गरिरहेको यथार्तलाई बिर्षनु हुँदैन ।
धेरै जसो औषधी पसलमा सजिलै उपलब्ध हुने आई. भी. सेट डी.ई.एच.पी. युक्त नै पाईने गरेको एक अध्ययनले देखाएको छ ।सस्तो मूल्यमा खरिद गरेर अत्यधिक नाफा गर्न सकिने प्रलोभनमा औषधी पसलेको र डी.ई.एच.पी. युक्त भएको आई.भी. सेटले निम्त्याउन सक्ने घातक स्वास्थ्य जटिलताका बारेमा पर्याप्त जानकारी नराख्ने बिरामी र बिरामीका आफन्तको कारणले हरेक बोतल औषधी सँगै बिरामीको शरिरमा घातक रशायनहरु प्रवेश गरिरहेको यथार्तलाई बिर्षनु हुँदैन । बिशेषज्ञहरुका अनुसार हरेक पटक आई.भी. सेट खरिद गर्दा र बिक्रि गर्दा दुवै पक्षले मूल्य र मुनाफा मात्र नहेरी आई.भी. सेटको हरेक प्याकेटमा डी.ई.एच.पी. मुक्त (DEHP-free/ Non DEHP) लेखेको निश्चित गर्नु नै बुद्धिमानी हुन्छ ।
हाल विश्व बजारमा डी.ई.एच.पी. मुक्त आई.भी. सेटहरु मात्र बिक्रि वितरण हुने गरेको भए पनि एशियाली र त्यसमा पनि दक्षिण एशियाका देशहरुमा सिमित उत्पादकहरुका डी.ई.एच.पी. मुक्त आई.भी. सेट उपलब्ध भएको पाइएको छ । गुणस्तरिय स्वास्थ्य सामग्रिहरुको बजार र उपभोक्ता सम्बन्धमा युरोपियन स्वास्थ्य संगठनको समन्वयमा गरिएको एक अध्ययनले नेपाली औषधी र औषधीजन्य स्वास्थ्य सामग्रिको बजारमा सरदर १५ रुपियाँ देखि १४५ रुपियाँका आई.भि. सेटहरु उपलब्ध रहेको पाइएको छ । जसमा डी.ई.एच.पी. युक्त सस्ता चाइनिज उत्पादन देखि बिश्व प्रशिद्ध निप्रो, बि-ब्राउन, ब्याक्सटर, बि.डी. र युभेर्डा कम्पनीका डी.ई.एच.पी. मुक्त आई.भी. सेटहरु उपलब्ध रहेको देखाएको थियो ।
(चाइनिज मूलकी युरोपियन नागरिक अन्ना विश्व प्रशिद्ध स्वास्थ्य सामग्रीको बारेमा विश्वको सेरोफेरोमा अनुसन्धानमूलक र जनपयोगी लेखहरु लेख्ने गर्दछिन । प्रस्त्तुत लेख पनि विश्वप्रशिद्ध सर्जिकल सामग्रीको चीनियाँ उत्पादक ‘केमेड’को मुखपत्रको लागि लेखिएको Difference Between PVC And DEHP-Free IV Set अंग्रेजी लेखको नेपाली अनुवाद हो । )