ललिता निवासः बिगो मै ६२ करोड २ लाख घटाउन सरकारी वकिल कार्यालयको पत्राचार
ललिता निवास जग्गा प्रकरणका आरोपीत पूर्व मन्त्रि चन्द्रदेव जोशी सँग माग दावी लिइएको बिगो मै ६२ करोड २ लाख घटाई दिन जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौले अनुरोध गरेको छ ।
आफूले पेश गरेको अभियोग पत्रमा गल्ती देखिएको र विवरणमा फरक देखिएको भन्दै सिआइबीले आग्रह गरे बमोजिम सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाण्डौलाई पत्राचार गर्दै अदालतमा पेश गरि सकेको अभियोग पत्रमा केहीको बिगो घटाउने र समावेश भएका केही नाम हटाई दिन अदालतलाई अनुरोध गरेको बताइएको छ ।
यस अघि आरोपितको सूचीमा भएको सुधिरा अधिकारी भट्टराई र विनिता अधिकारीको नाम हटाइदिन र प्रविण ताम्राकारलाई जग्गा जफत प्रयोजनका लागि मात्रै प्रतिवादी बनाई दिन अदालतलाई अनुरोध गरिएको सरकारी वकिल कार्यालय श्रोतले बताएको छ ।