भ्रष्ट सरकारी कर्मचारी र मान्छे मार्ने अबैध अस्पताल

mohp

किड्नीमा पत्थरीको समस्या पछि गत शनिबार  अस्पताल भर्ना गरिएका ५५ वर्षीय ऐजनलाल चौधरीको उपचारको क्रममा मृत्यु भयो । अप्रेसन गर्ने क्रममा उनको एउटा मृगौला नै झिकिएपछि  अप्रेसन गर्ने डाक्टर र अस्पतालको बारेमा छानबिन हुँदा मात्र अस्पताल त सञ्चालन स्वीकृती बिना अवैध तरिकाले सञ्चालन भई रहेको रहेछ ।  


किड्नीमा भएको पत्थरी मात्र निकाल्न भएको अप्रेसनमा किड्नी नै झिकेपछि भएको अत्यधिक रक्तश्रावका कारण बिरामीको मृत्यु भएको आराेप मृतकका आफन्तले लगाउँदा तनाव उत्पन्न भए पछि मात्र यहाँ डाक्टरको याेग्यता र क्षमता सँगै अप्रेसनको लागि ल्याइएको अस्पतालको वैधानिकता माथी नै प्रश्न उठ्यो ।

मृगौला किन झिकियो अथवा भनेको भन्दा भिन्न परिस्थिती बन्दा बिरामीका आफन्त सँग कुनै सहमती लिइयो लिइएन यो बिषयका सम्बन्धमा भोलि छानविन होला, दाेषी पाइए सम्बन्धित डाक्टरलाई कारवाही होला त्यो बेग्लै पाटो भयो । तर केही समय अघि बिरामीको मृत्यु भए पछि चर्चामा आएको जनकपुरको न्युरो अस्पताल जस्तै धनगढीमा सञ्चालित यस स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल पनि दर्ता बिना अबैध रुपमा सञ्चालनमा रहेको देखियो ।  अवैध रुपमा यस्ता अस्पतालहरु  खुल्नु र प्रशासनका सामु निर्धक्क  सञ्चालनमा आउनुका आधारहरु भने तत्काल खोज्नै पर्ने भएको छ ।   

तीन तहका सरकार भएको हुँदा  ‘सरकारी संयन्त्रको कडा अनुगमन र स्वीकृती बिना कुनै पनि स्वास्थ्य संस्था सञ्चालननै हुन सक्दैनन’ भन्ने आम नागरिकको बुझाई अबैध तरिकाले बिना अनुमती यसरी अस्पताल खुल्दै गर्ने र मान्छे मार्दै जाने घटनाले गलत साबित हुन गरिदिएको छ ।  पैसा र पावरले यहाँ जे गरे पनि हुने रैछ भन्ने मान्यता स्थापित हुन थालेको छ ।

टलक्क टल्केका भवनमा राखिएका आकर्षक साइनवाेर्ड मात्र नभएर राजमार्गको प्रत्येक किलोमिटरमा राखिने कोशेढुङ्गो जस्तै अस्पतालको प्रचार बोर्ड देख्दा  अस्पतालको बैधता खोज्ने तीर ध्यानै पुर्याउनै नसक्ने बिरामीहरु अन्ततः अबैध खुलेका यस्तै ज्यानमारा संस्थामा उपचारको निमित्त पुग्न र पुर्याइन वाध्य छन् ।

संस्था अनुगमनको नाममा पटक पटक क्लिनिक र यस्ता अस्पताल धाएर आर्थिक लाभ लिन पल्केका भ्रष्ट सरकारी कर्मचारीको कार्य शैली र "अहिलेलाई चलाउँदै गर्नु दर्ता चाहीं गर्दै गरौंला" भन्ने गैर जिम्मेबार आश्वासन, छिट्टै पैसा कमाउने उद्देश्यले स्वास्थ्य क्षेत्रमा कालो धन लगानी गर्नेहरुलाई फलिफाप सिद्ध भएको छ भने भ्रष्ट सरकारी संयन्त्रका कारण अकालमा ज्यान गुमाउन पुगेकाका आफन्तहरु  क्षतीपुर्तिका नाममा दुई चार लाख बुझेर वास्तविक दोषी थाह नपाए जस्तो गर्न विवश छन् । 

झट्ट हेर्दा बिरामीको मृत्यु हुनेे अस्पताल र चिकित्सकको दोष देखिएपनि, त्यस किसिमको कार्यलाई नितीगत दुरुत्साहन दिने भ्रष्ट सरकारी निकाय र कर्मचारी पनि कम दोषी छैनन् । तर अहिले सम्मको यस्ता घटनाहरु हेर्दा अबैध अस्पताल र क्लिनिकहरु सञ्चालनलाई उक्साउने सरकारी संयन्त्र यस किसिमको जघन्य अपराधबाट अहिले सम्म “निर्दोष” देखिँदै आएका छन् ।

झट्ट हेर्दा बिरामीको मृत्यु हुनेे अस्पताल र चिकित्सकको दोष देखिएपनि, त्यस किसिमको कार्यलाई नितीगत दुरुत्साहन दिने भ्रष्ट सरकारी निकाय र कर्मचारी पनि कम दोषी छैनन् । तर अहिले सम्मको यस्ता घटनाहरु हेर्दा अबैध अस्पताल र क्लिनिकहरु सञ्चालनलाई उक्साउने सरकारी संयन्त्र यस किसिमको जघन्य अपराधबाट अहिले सम्म “निर्दोष” देखिँदै आएका छन् ।

जब सम्म बिना अनुमती अवैध तरिकाले अस्पताल खाेल्ने बिरामीको उपचारमा लापरवाही  र हेलचक्र्याईै गर्दै बिरामीको ज्यान सम्म लिने किसिमको कार्य  गर्ने अस्पताल सञ्चालक, बढी पैसा पाउने लोभमा त्यसको आधिकारिकता नहेरी त्यहाँ झुम्मिने डाक्टरहरु र त्यस किसिमका अस्पताल खोल्न र सञ्चालन गर्न दुरुत्साहन दिनेे भ्रष्ट सरकारी कर्मचारी माथी ज्यान मार्ने कसुर जस्तो गम्भिर अपराधमा कारवाही हुँदैन तव सम्म उपचारको लागि आउने ऐजनलाल जस्ता कैयन नागरिकले अनाहकमा ज्यान गुमाउनु पर्ने खतरा हिजो पनि थियो, आज पनि छ र भोली पनि रहि रहनेछ । 

ऐजनलालका आफन्तलाई एमबिबिएस पढ्ने खर्च, २ छाेरीको बिहे खर्च र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने सहमति जनाएर अस्पताल त यस घटनाबट उम्कियो नै तर अबैध अस्पताललाई जानाजान सञ्चालन गर्न उक्साउने, ढाडस दिने, त्यही अस्पतालको समुदघाटनमा उपस्थित हुने र बेला बेला नजाराना बुझ्ने गरेका सरकारी कर्मचारी भने कतैबाट नउम्किउन भन्ने तर्फ अहिले सम्म कसैको ध्यान पुगेको देखिँदैन ।

ऐजनलालका आफन्तलाई एमबिबिएस पढ्ने खर्च, २ छाेरीको बिहे खर्च र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने सहमति जनाएर अस्पताल त यस घटनाबाट त उम्कियो तर अबैध अस्पताललाई जानाजान सञ्चालन गर्न उक्साउने, ढाडस दिने, त्यही अस्पतालको समुदघाटनमा उपस्थित हुने र बेला बेला नजाराना बुझ्ने गरेका सरकारी कर्मचारी भने कतैबाट नउम्किउन भन्ने तर्फ अहिले सम्म कसैको ध्यान पुगेको देखिँदैन ।
 

सानाे तिनो पसल दर्ताको ‘अनुगमनमा’ निस्किने सरकारी कर्मचरीको हुलले बडेमानको अस्पताल खुलेको नदेख्नु, त्यसको आधिकारिकता नजाँच्नु, निर्वाध सञ्चालन गर्न प्रेरित गर्नु र मान्छे मरेपछि झारा टार्ने गरी ‘अस्पताल दर्ता प्रक्रियाका लागि फाइल आएको छ । तर केही कागजात अपुग देखिएपछि सञ्चालन अनुमति दिएका छैनौँ ।’ भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिनु कदाचित न्यायसंगत देखिँदैन र छैन पनि। 

त्यसैले अस्पतालमा उपचारको लागि आउने बिरामीले अनाहकमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्यका लागि जनस्तरबाट नै आवाज उठानु जरुरी छ ।  अवैध रुपमा कालो धनबाट सञ्चालित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र जनकपुरको न्युरो अस्पताल लगायतका बिना अनुमती अबैध तरिकाले बिरामीको स्वास्थ्य सँग खेलवाड गरी मान्छे मार्ने हरेक क्लिनिक र अस्पतालहरु प्रती राज्य कडा रुपमा प्रस्तुत हुनै पर्ने भएको छ । 

उपचारको बहानामा अबैध ठाउँमा पुर्याइ बिरामीको हत्या गर्ने ब्यक्ति संस्था र दलालहरु लगायत  यस किसिमको अबैध कार्यलाई प्रश्रय र दुरुत्साहन  दिने भ्रष्ट सरकारी कर्मचारीलाई  मुलुकी अपराध संहिताको ज्यान सम्बन्धी कसुरको  मुद्दा चलाई सजाय हुनु पर्दछ । अनी मात्र स्वास्थ्यको नाममा हुने गैरकानूनी क्रियाकलापको अन्त्य गर्न सकिन्छ । 

यती मात्र होइन र मान्छे मरी सकेपछी औपचारीकतामा बक्तब्य निकालेर पन्छिन हतार गर्ने तर सबै प्रकृया पुरा गरेर सञ्चालन अनुमती लिन जाँदा पनि अनेकन बहानामा झुलाई रहने भ्रष्ट सरकारी कर्मचारीलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नु  पनि जरुरी छ । तव मात्र उपचारको लागि अस्पताल आउने बिरामीहरुले सही तरिकाले उपचार पाउने छन् र ऐजनलाल जस्ता उपचारको नामका अनाहकमा ज्यान गुमाउनेहरुको आत्माले शान्ति पनि पाउनेछ ।