सर्वोच्च अदालतको पेशी तारिख अब स्वचालित प्रणाली बाट पाइने

mohp

५ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा अब सेवा ग्राहीले स्वचालित प्रणाली बाट पेशी तथा तारिख पाउने भएका छन । 
अदालतमा परेका मुद्दाका पक्षहरु यस अघि कहिले तारिख पाउने भन्नेवारेमा कर्मचारीहरुको निर्णयमा भर पर्दै आएका थिए । तर आजै मात्र राष्ट्रपतिबाट शपथ ग्रहण गरि पदबहालीका लागि सर्वोच्च अदालत पुगेका नव नियुक्त प्रधान्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठले पद बहाली सँगै यस सम्बन्धि गरेका निर्णय कार्यान्वयनमा आए सेवाग्राहीले स्वचालित प्रणाली बाटै तारिख पाउने भएका हुन् ।
मुद्दाको प्रकृति, सम्बन्धित दिनमा मुद्दाको चाप, मुद्दाको पालो आउने बार लगायतका आधारमा प्रणालीले आफै तारिखको दिन तोक्ने गरी स्वचालित प्रणालीबाट तारिख व्यवस्थापन हुनेछ ।  
सफ्टवेयरबाट मुद्दा व्यवस्थापन गर्दै आएको सर्वोच्च अदालतमा प्रधानन्यायधीस श्रेष्ठको निर्णयले मुद्दाको तारिख दिने क्रममा सेवाग्राहीका शंका र गुनासाहरु स्वचालित प्रणाली सुरू भएपछि कम हुने अपेक्षा छ ।