कालो प्यान्ट, सेतो सर्ट र माथी कालै कोट सहित हातमा फइल बोकेर सर्वोच्च अदालतको कम्पाउण्ड भित्र भेटिएकी नुरी मिकरानी आफ्ना सहपाठीहरु बिबिए, बिएसस्सी, बिए वा नर्सिङ्ग के बिषय पढ्ने भनेर अन्यौलमै रहँदा १२ कक्षा सम्म मलंगवाको बिद्यालयमा पढेर राजधानी छिर्दा भने आफूले पढ्ने बिषयमा स्पष्ट थिइन रे ।
भर्खरै आफ्नो २२ औं जन्मदिन मनाएकी मुस्लीम परिवारकी यी युवतीसँग १८ वर्षकै उमेरमा घर परिवार भन्दा बेग्लै होस्टेलमा बस्नु पर्दाको अप्ठ्याराहरुको राम्रै अनुभाव छ । तर सबैलाई उतीकै महत्व दिने, सबै सँग घुलमिल गर्न सक्ने र सँधै हाँसी रहन मनपराउने स्वभावकी धनी यीनको अहिले साथीहरुको नामको लिष्ट मात्र होइन इन्ष्टाग्राम, टिकटक र फेसबुकको फ्रेण्ड लिष्ट र फलोअर्सको संख्या पनि हजारौंमा छ ।
प्रेरणा
समाजका पुरातन सोच र संस्कारका बीच पनि आफ्ना ९ जना सन्तानलाई उनीहरुकै रुची बमोजिमका बिषयहरुमा उच्च शिक्षा दिलाएका सर्लाहीका ब्यापारी अवुल हसन आफ्नी यी कान्छी छोरीले भने कानून बिषय पढिदिए हुन्थ्यो भन्ने सोच्थे । जहिले पनि केही फरकपन चाहने सानै देखि पढाईकी अब्बल नुरीको स्वभावलाई बुवाको इच्छाले थप प्रेरित गर्यो त्यसैले उनी राजधानीको एउटा कलेजमा बिए एलएलबी भर्ना भइन ।
धर्म र कानून बारे
आफूलाई समय सापेक्ष आधुनिकतामा ढाल्दै लगेकी उनी आफ्नो जातिय धर्म र रितीरीवाजलाई औधी मायाँ गर्छिन । तर अरुका आस्था र संस्कृती प्रतीको उनको मायाँ पनी कम छैन । चाहे इद होस, चाहे दशै, ल्होसार वा माघी वा छठ पर्व सबै उनलाई उतीकै प्यारो लाग्छ रे । उनको बुझाईमा चाहे जुन सुकै धर्म होस, सबैले समाजलाई अनुशासित र मर्यादित राख्न सही मार्ग निर्देश गरेको हुन्छ । त्यसैले धर्म र कानून एक अर्काका पुरक पनि हुन । तर हरेक कुरा समय सापेक्ष परिकृत र परिभाषित हुनु पर्दछ अनी मात्र त्यसले समाजमा अमन चयन कायम राख्न मद्दत मिल्दछ भन्ने उनको मान्यता छ ।
बिवाह
बिवाह सामजिक परम्परा, जैविक आवश्यकता र सामाजिक नियम पनि हो । यो दुई फरक परिवारलाई जोड्ने कडी हो । भावी जीवनसाथी आफूलाई बुझ्ने, आफ्नो उद्देश्यमा साथ दिने र समझदार हुनु पर्छ भन्ने मान्यता राख्ने उनी भरिसक्के पारिवारिक सल्लाह मै बिहे होस भन्ने चाहन्छिन ।
दैनिकी
बिए एलएल बीको फाइनल इयरकी यी छात्रा बिहान साढे नौ बजे सम्म कलेजको पढाई पछि हतार हतार खानाको लागि होस्टेल पुग्छिन । लगत्तै माइतीघरमा रहेको नेपाल ल च्याम्बर प्रा.लि.को कार्यालय पगेपछि उनको बिषय अनुसारको दैनिकी शुरु हुन्छ ।अधिक्ता सुरेश कुमार कार्की सँग कितावी सगै ब्यवहारिक ज्ञान लिन लिँदै बिभिन्न अदालतमा वारेस बन्न, तारिख बोक्न र मुद्दा दर्ता गर्न उनी पुग्ने गर्छिन ।अफिसमा रहँदा पनि सहज तरिकाले बिभिन्न किसिमका मुद्दाका फइलहरु पल्टाउँदै ब्यवहारिक ज्ञान समेत लिन पाउने त्यस माथी महिनाको अन्त्यमा उनका ब्यवहारिक गुरु अधिवक्ता कार्कीबाट आकर्षक पारिश्रमिक समेत पाउने पछि भने उनको मुहारमा गज्जबको मुस्कान आउँछ रे ।हाँस्दा डिम्पल पर्ने गालाकी धनी यी सुन्दरी अध्ययनको बिषयको गम्भिर्यता र अहिले सम्म सबैबाट पाएको सहयोग र प्रेरणाले कानून बिषय र पेशा प्रती अझ जिम्मेबरी बढ्न थालेको अनुभव गरेको बताउँछिन।
लक्ष्य
भविष्यमा सफल कानून ब्यावसायीको रुपमा आफूलाई स्थापित गराउँदै न्यायलयको कुर्सी सम्म पुग्ने लक्ष्यमा आफू पुग्न सफल भए मुस्लीम समुदाय बाट मत्र हैन सबै समुदाय बाट धेरै भन्दा धेरै छोरीहरु यही बिषय, पेशा ब्यावसायमा आउनलाई प्रेरणा मिल्थ्यो भन्ने उनलाई लाग्छ ।समाजको लागि एउटा उदाहरण बन्न चाहने यी निकट भविष्यकी अधिवक्ता आफ्ना बुवाले जस्तै हरेक बुवाहरुले हरेक समुदायबाट छोरीलाई पढ्न प्रेरणा दिए देखि समाजमा जातिय भेदभाव बालबिवाह दाइजो प्रथा र साम्प्रदायिक भेदभाव सबै हटेर जान्थ्यो भन्ने सोच्छिन ।
अन्त्यमा
अहिले सम्म सोचेका कुराहरु पुरा गर्दै ल्याएकी मिकरानी परिवारकी यी प्यारी “बेबो” को पढाई पछि गरिव, असहाय र बिपन्न महिलाहरुको लागि निःशुल्क कानूनी सेवा उपलब्ध गराउँदै न्यायलयको कुर्सी सम्म पुग्ने भनी राखेको सोच र लक्ष्यले पूर्ण सफलता पाओस, अहिलेलाई हाम्रो तर्फबाट यही शुभेच्छा सहित शुभकामना ।