उपचारमा लापरवाहीः क्षतिपुर्तीको फैसला र कार्यन्वयको अवस्था

mohp

घाँटीमा समस्या देखिएपछि ध्रुवले उपचारका लागि ०७३ असार २२ मा कान्ति बाल अस्पताल लगिएका आठ महिनाका आलोक बराल अहले उमेरले ८ वर्ष पुगिसके । उनी सँगै जन्मेका अन्य बच्चाहरु यस बेला बालापनको आनन्द उठाउँदै छन् तर उनी भने न त ओछ्यान बाट उठ्न नै सक्छन, न त चलमलाउन, न बोल्न नै । उनका खुला आँखाले न कुनै दृष्य देख्छन, न त कान नै टाठा छन् । 


सामान्य रोगको उपचार गराउन अस्पताल पुर्याइएका आलोकको उपचारमा अस्पतालले लापरबाही गरिदिँदा उनी र उनको परिवारले कहिल्यै नभरीने क्षाती सहनु परिरहेको छ । अस्पतालमा भर्ना भई सामान्य स्ट्रोराइड सुई लगाई रहँदा ड्युटीकी नर्सले रातीको डोज सुई लगाएर पश्चात अचानक बिग्रिन थालेको उनको स्वास्थ्य अवस्था देखेका ड्युटी डाक्टरहरुले उनलाई २ बजे अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल रेफर गरे । मुटुको चाल स्थिर नभएको र अचानक डेटोरेट भएको उनको अवस्था त्यहाँ लगे पनि सुधार भएन , बरु बिस्तारै खुट्टा नचल्ने, कान नसुन्ने, आँखाको नसा सुकेर दृष्टि गुम्ने, तौल घटेर सुक्दै गएका उनलाई २८ दिन सम्म भेन्टिलेटरमा राखियो । 

अचानक बिग्रेको आलोकको स्वास्थ्य अवस्था देख्दा के गरुँ कहाँ लैजाउँ भनी छटपटीन थालेका उनका अविभावकले उनलाई पाटन अस्पताल पुर्याएपछी मात्र औषधिको रियाक्सनले उनको यो अवस्था भएको थाह पाएका थिए । 

गलत औषधि दिइँदा बिग्रेको छोराको यो अवस्थामा अब जे गरे पनि नसुध्रिने भए पछि लापरबाही गर्ने अस्पताल सँग कानूनी लडाईं लड्नुको बिकल्प नरहेका उनका अविभावकले उपचारमा लागेको खर्च, लापरबाही गर्नेलाई हुने अधिकतम सजाय, जरिवाना, पिडितका परिवारको एक जना सदस्यले आजीवन गर्नुपर्ने स्याहारको क्षतिपूर्तिलगायतको हिसाव गरि एकमुष्ट ५४ लाख ६३ हजार ७ सय ५३ रुपैयाँ क्षतिपूर्ति दाबी गर्दैजिल्ला क्षतिपूर्ति समिति काठमाडौंमा निवेदन दर्ता गरे । त्यस उजुरी कान्ति बाल अस्पतालमा उपचारमा चिकित्सकीय असावधानी भएको ठहर गर्दै १५ लाख क्षतिपूर्ति भराउने निर्णय गरेपनि अस्पतालको लापरवाहीको लागि यो जरिवाना कम भएको भन्दै  उनका बाबुले  पुनरावेदन अदालत पाटनमा हुँदै सर्वोच्चमा निवेदन दिए । सर्वोच्चले ०७९ माघ २५ मा पुनरावेदन पाटनको फैसला आंशिक उल्टी गर्दै आलोकको परिवारलाई ३० लाख क्षतिपूर्ति भराउने फैसला गर्यो । 

यद्यपी आलोकका परिवारले देशमा बिद्यमान कानूनी जटिलताका कारण अदालतले भराउन सुनाएको क्षतिपुर्ती वापतको रकम भने झण्डै ६ महिना सम्म पनि पाएका छैनन् । उनको उपचारमा भएभरको सम्पत्ती सिध्याएका उनका परिवार सँग उक्त रकम पाए पछि भारतमा लगेर उपचार गराउन पाए उनको स्वास्थ्यमा सुधार आउँथ्यो र उनी पनि अन्य उनका दौंतरी झैं सामान्य हुन सक्नेछन भन्ने एउटा झिनो आशा मात्र छ । (कान्तिपुर दैनिकमा प्रकाशित सामग्रीबाट साभार)